नेपालको
इतिहास सम्बन्धि वस्तुगत प्रश्नोत्तरहरु
१) नेपालमा बाघको संख्या कति रहेको छ ?
– १९८ (गणना बर्ष : सन् २०१३) (चितवन राष्ट्रिय निकुन्ज . १२० वटा, बर्दिया राष्ट्रिय निकुन्ज . ५० वटा, बाँके राष्ट्रिय निकुन्ज . ४ वटा, पर्सा वन्यजन्तु आरक्ष . ७ वटा, शुक्लाफाट वन्यजन्तु आरक्ष . १७ वटा)
२) निलगिरी हिमाल कुन अंचलमा पर्छ ?
– धौलागिरी
३) नेपालको भूकम्प नजाने शहर भनेर कुन सहरलाई चिनिन्छ ?
– पनौती
४) प्रथम विश्व युद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए ?
– बबर समशेर
५) सुलिगढ़ झरना समुन्द्र सतहबाट कति मिटर उचाइमा रहेको छ ?
– ३६१३ मिटर
६) सबैभन्दा पहिले निजीकरण गरिएको उद्योग कुन हो ?
– बासबारी छाला जुत्ता उद्योग
७) नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक
कुन आधारमा नेपालको नागरिक ठहर्दछ ?
– वंशज
८) नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा
थियो ?
– राणाकाल
९) नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
– बि.सं १८४६
१०) भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?
-बिरध्वज बस्नेत
११) पाण्डिकी अड्डा काहाँ थियो ?
-सिंहदरवार
१२) गोरखा राज्यको स्थापना कहिले भयो ?
-बि.सं.१६१६ भाद्र २५
१३) नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?
-राघवदेव
१४) अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?
-देवशमशेर
१५) नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको
इतिहाँस भेटिएको छ ?-मानदेव
१६) सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ?
-रणबहादुर शाह
१७) शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ?
-वि.स. १९९७ माघ १४ गते
१८) काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?
-माथवरसिंह थापा
१९) नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन
राजालाई लिखित प्रश्न सोधिएको थियो ?
-राजा ज्ञानेन्द्र
२०) जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ?
-१ वर्ष २९ दिन
२१) सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ?
-श्री ५ त्रिभुवन
२२) नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ?
-श्री ५ रणवहादुर
२३) नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ?
-वि.स. १९८१
२४) धर्म कचहरीको स्थापना कसले गरेका थिए ?
-जंगबहादुर राणा
२५) नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?
-राजेन्द्र लक्ष्मी
२६) नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त
गरेको थियो ?
-वि.स. १८२२
२७) शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड
दिइएको थियो ?
-वि.स. १९९७ माघ १२
२८) नेपालमा राणाशासनको विरोधमा ूजयतु संस्कृतमू आन्दोलन कहिले
प्रारम्भ भएको थियो ?
– वि.स.२००४
२९) राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ?
-वि.सं. २०११
३०) निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य
तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
-वि.सं. २०१७
३१) हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ?
-प्रताप मल्ल
३२) गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?
-गुणाङ्क
३३) मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?
-दिगबन्धन सेन
३४) श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ?
-कला बहादुर
३५) नरहरि शाह कहाँका राजा थिए ?
-लमजुङ
३६) लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?
-पाली
३७) लिक्ष्छवीकालमा ुकुथेर’ अड्डाको मुख्य कार्य के थियो ?
-राजस्व उठाउने
३८) लिच्छवीकालिन समयमा लगाइने ूत्रिकर” भित्र कुन
कुन कर पर्छन ?
-भाग भोग कर
३९) यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो
?
-लिंङंवल
४०) पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ?
-भोग
४१) विवाह, सम्बन्ध
विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले
गर्दथ्यो ?
-माप्चोक
४२) मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको
पदलाई के भनिन्थ्यो ?
-चौतारिया
४३) लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय
गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
-शुल्ली
४४) राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई
के भनिन्थ्यो ?
–छेभडेल
४५) राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ?
-१२ जिल्ला
४६) सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ?
-भिम शमशेर
४७) राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका
थिए ?
-वि.सं २०३१फाल्गुन १३
४८) फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ?
-चन्द्र शमसेर
४९) द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ?
-जुद्धशमशेर
५०) काल भैरवलाई हसाउने राजा को हुन् ?
-प्रताप मल्ल
५१) कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
-फत्तेजंग शाह
५२) पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले
विजय प्राप्त गरेका थिए ?
-वि.स. १८२५ असोज १३
५३) काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान
कतातर्फ केन्द्रित गरेका थिए ?
-पूर्वतर्फ
५४) प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ?
-वाइसे राज्य
५५) जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ?
-वि.सं. १९०५
५६) निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ?
-रणबहादुर शाह
५७) राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ?
-कोत पर्व
५८) काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ?
-वि.स.१९१४
५९) The living lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ?
-अमरसिंह थापा
६०) स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ?
-मानदेव
६१) मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था
थियो ?
-पञ्च कचहरी र पञ्च समुच्चय
६२) राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ?
-सुब्बा
६३) कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
-मातृका प्रसाद कोइराला
६४) लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
-सर्वदण्डनायक
६५) राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु
पर्ने पगरिलाई के भनिन्थ्यो ?
-चाँदतोडा
६६) नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ?
-बलभद्र कुँवर
६७) किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो
?
-बिषय
६८) न्याय विकासिनी कसको दस्तावेज हो ?
-जयस्थिति मल्ल
६९) पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ?
(इन्द्रजात्रा
७०) अन्तिम किराती राजा को हुन् ?
-गस्ती
७१) किरात वंशपछि कुन वंशले शासन गरेका थिए ?
-सोमवंशी
७२) भूकम्पमा परी मर्ने राजा को हुन् ?
-अभय मल्ल
७३) लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ?
-लिच्छविकाल
७४) आफुलाई ”विद्या पारंगत” भनी लेख्ने
राजा को हुन् ?
-जितामित्र मल्ल
७५) लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर
लगाइन्थ्यो ?
-मनोरञ्जन
७६) लाइव्रेरी पर्व कसको पालामा भएको थियो ?
-भिम शमशेरख
७७) सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ?
-योगनरेन्द्र मल्ल
७८) सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ?
-रत्न मल्ल
७९) नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ?
-मानदेव
८०) नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ?
-जंगबहादुर राणा
८१) पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ?
-यक्ष मल्ल
८२) अरुण नदीको पौराणिक नाम के हो ?
-महाप्रभा
८३) लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ?
-काठमाडौं
८४) आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ?
-नरेन्द्रदेव
८५) मल्लपुरी कसले विजय गरेका थिए ?
-मानदेव
८६) गाईजात्राको चलन कसले चलाएका हुन् ?
-प्रताप मल्ल
८७) नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ?
-गीर्वाणयुद्ध विक्रम शाह
८८) भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
-रणजीत मल्ल
८९) काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?
-जयप्रकाश मल्ल
९०) पाटनका अन्तिम मल्ल राजा को हुन् ?
-तेजनरसिंह मल्ल
९१) पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ?
-सिद्धिनरसिंह मल्ल
९२) आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने
राजा को थिए ?
–जगतप्रकाश मल्ल
९३) पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?
-प्रचण्डदेव
९४) भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ?
-नरेन्द्रदेव
९५) मानगृह कसले निर्माण गरेका थिए ?
-मानदेव
९५) न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ?
-भुपतीन्द्र मल्ल
९६) नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक
राजा” भनेर कसलाई भनिन्छ ?
-मानदेव
९७) मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ?
-चन्द्र शमशेर
९८) रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ?
-नरेन्द्रदेव
९९) घोडेजात्राको चलन कसले चलाएका हुन् ?
-जयप्रकाश मल्ल
१००) विष्केट जात्राको चलन कसले चलाएका हुन् ?
-जगज्योती मल्ल
१०१) परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा
काटिने राजा को हुन् ?
-विश्वजित मल्ल
१०२) गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
-शिवदेव तृतीय
१०३) शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको
कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ?
-वसन्तदेव
१०४) नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् रु –मानदेवख
सन्थाल जातिहरु बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन् ?
– झापा र मोरंग
१०५) सी।एन।एन। हिरो २०१५ बाट सम्मानित म्यागी डोयन कुन सस्थासंग
आबद्ध छिन ?
– कोपिल भ्याली चिल्ड्रेन होम
ृनेपालका अन्य सी.एन.एन. हिरोहरु: अनुराधा कोइराला(related to माइती नेपाल) : २०१०, पुष्पा बस्नेत(related to : early childhood development center and
butterfly home): २०१२
१०६) बेल विवाह गर्ने प्रचलन कुन जातिमा रहेको छ ?
– नेवार
१०७) सुचनाको हक नेपालको संविधान(२०७२ को कति औ धारमा रहेको छ ?
– २७ औ
१०८) नेपाली भाषाको पहिलो मौलिक उपन्यास कुन हो ?
– रूपमती
१०९) नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
– जलेश्वर
११०) पाल्पा जिल्ला के को लागि प्रसिद्द छ ?
– ढाका टोपी र करुवा
१११) नेपालको राष्ट्रिय गानामा कति जना गायक गायिकाको स्वर समेटिएको
छ ?
-२० जना
११२) नेपालको जनगणना २०६८ अनुसार जनघनत्व सबैभन्दा कम भएको जिल्ला
कुन हो ?
– मनाङ
११३) अधिकबर्ष कति दिनको हुन्छ ?
– ३६६
११४) नेपालको जनगणना २०६८ अनुसार नेपालको सबैभन्दा कम साक्षर जिल्ला
कुन हो ?
-रौतहट
११५) “सिमसिमे राजा” भन्नाले
कसलाई जनाउँछ ?
-शिवसिंह मल्ल
Thank You for connoting our Site