Registration Instruction

१. विद्यार्थीले यस वेभ पेजमा देखिएको Exam Registration Form मा आफ्नो व्यक्तिगत ईमेल, मोवाईल नम्बर तथा मागेको अन्य विवरण भरी नयाँ Password Create गर्नुपर्ने हुन्छ । 

 २. यो विवरण भरेर Register मा Click गर्नासाथै विद्यार्थीले उल्लेख गरेको मोवाईल नम्बरमा OTP Number सहितको म्यासेज आउने छ । 

 ३. अब, सो नम्बरलाई पेजमा देखिएको Verify OTP भन्ने ठाँउमा भरेर Click गर्ना साथ विद्यार्थीको आफ्नो User ID Create हुन्छ । 

 ४. विद्यार्थीले पेजको माथिल्लो भागको दाँयातर्फ रहेको login मा Click गरी आफ्नो Email Address तथा Password लेखेर Click गरेपछी Exam Registration Form को Dash Board देखापर्नेछ । त्यहाँ रहेको निलो, हरियो तथा रातो कोठामा रहेका व्यक्तिगत विवरण, सम्पर्क विवरण तथा शैक्षिक विवरणमा रहेका Link हरुलाई Click गर्दै सफ्टवेयरले मागेका सम्पुर्ण विवरणहरु भर्नुपर्नेछ । शैक्षिक प्रमाणपत्र Upload का निम्ति शैक्षिक विवरण पेजको माथीको देब्रे तर्फको Add Button मा थिचेर मागेको विवरण भर्दै गर्न सकिन्छ । 

 ५.माथिका सम्पूर्ण विवरण भरेर पुरा गरेपछि Dash Board मा रहेका प्रत्येक कोठामा ‘पुरा भयो (Details Completed)’ भन्ने देखिन्छ । विवरण पुरा भएको छ वा छैन भन्ने कुरालाई एकदमै ध्यान दिनु पर्ने हुन्छ । अन्यथा, Register Entrance फील्डको को विवरण भर्न नसकिने हुन्छ । 

६. त्यसपछि Register Exam मा गएर आफ्नो Level, Program तथा Campus को चयनगरी मागेका अन्य विविध फिल्डहरु भर्दै शुल्क भुक्तानीको रसिद Upload गर्नु पर्नेछ ।


 नोट : विद्यार्थीको Upload गर्नुपर्ने व्यक्तिगत तस्विर, नागरिकता तथा शुल्क भुक्तानी रसिदको साईज क्रमशः १/१/१MB भन्दा बढी हुनुहुदैन भने शैक्षिक प्रमाणपत्रहरु प्रती पेज ३०० KB भन्दा बढि भएमा सफ्टवेयरले समेट्न सक्दैन । अतः फाईलको साईजलाई घटाएर सफ्टवेयरको मापदण्ड अनुसारको बनाउनुपर्नेछ । अन्यथा, Online Exam Registration फारम प्रकृया सफल हुन सक्नेछैन ।

Post a Comment

0Comments

Thank You for connoting our Site

Post a Comment (0)